चोरी पनि कस्ता कस्ता हुँदारहेछन् ? हुँदाहुँदा युएइमा शुक्रकिट चोरी गरेको आरोपमा मुद्दा हालिएको छ । एक जना पुरुषले आफ्नो शुक्रकिट चोरी भएको आरोपमा मुद्दा हालेका हुन्, त्यो पनि आफ्नो भुतपुर्व श्रीमती विरुद्ध । आफ्नै भुतपुर्व श्रीमतीले आफ्नो शुक्रकिट चोरेर गर्भवती भएको भन्दै ती पुरुषले मुद्दा हालेका हुन् । अबुधावीमा बस्ने ती पुरुषका अनुसार रसियन भुपु श्रीमतीसँग डिभोर्स हुनु भन्दा पहिले उनी र ती महिला एक प्रजनन उपचार केन्द्रमा गएका रहेछन् । त्यहाँ उनले आफ्नो शुक्रकिट संरक्षित गर्नका लागि संकलन गरेर राखेछन् । पटक पटक उपचार गर्दापनि बिहे गरेको ४ वर्षसम्म गर्भ नरहेपनि ती रुसी महिलाले अर्को बिहे गरिन् र रुस फर्किन् । रुसमा गएर उनले एक्लै आफ्नो प्रजनन उपचार गराइन् । ती महिला फेरी युएइ फर्किन् र आफ्नो भुपु लोग्नेको शुक्रकिट संकलन गरी राखिएको प्रजनन केन्द्रमा गएर भुपु लोग्नेको जाली हस्ताक्षर गरेर सोही शुक्रकिटबाट त्यहीँ कृत्रिम गर्भाधारण गरिन्। यता डिभोर्स गरेको ४ महिनापछि आफ्नी भुपु श्रीमतीले आफुलाई थाहा नदिइ आफ्नै शुक्रकिट चोरेर गर्भावति भएको थाहा पाएपछि ती पुरुष आगो भए । त्यसपछि उनले आफ्नो शुक्रकिट चोरी गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा हालेका छन्